सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा उछाल, खुद नाफा ५४प्रतिशतले वृद्धि

107 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 💰 खुद नाफा: १९.६५ करोडबाट बढेर ३०.२५ करोड रुपैयाँ (+५४% वृद्धि)
  • 🏦 खुद ब्याज आम्दानी: ९१.८२ करोडबाट १ अर्ब ८.८० करोड रुपैयाँ (+१८.४९%)
  • 📈 संचालन नाफा: २८.३२ करोडबाट ४५.१३ करोड रुपैयाँ (+५९.३३%)
  • 📊 प्रति शेयर आम्दानी (EPS): ११.४६ रुपैयाँबाट १६.२१ रुपैयाँ
  • 💳 कर्जा प्रवाह: ४४.४० अर्ब
  • 🏦 निक्षेप संकलन: ५४.३९ अर्ब

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेखनीय प्रगति गरेको छ। गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकका प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय वृद्धि देखिएको हो।

गत आवको पुस मसान्तसम्म १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको पुस मसान्तसम्म करिब ५४ प्रतिशतले वृद्धि गर्दै ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको खुद ब्याज आम्दानी पनि ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा ५९.३३ प्रतिशतले वृद्धि भई ४५ करोड १३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५३.२४ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले हाल ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।